
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीले लुम्बिनी केबुलकारको टिकट खरिदमा २० प्रतिशत छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतामा आइएमई लाइफ र लुम्बिनी केबुलकारबिच समझदारी भएको हो ।
छुट सुविधा प्राप्त गर्न बिमितले कम्पनीको ‘आइएमई लाइफ मोबाइल एप’मा रहेको बिमालेख देखाई छुट सुविधा लिन सक्नेछन् । त्यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्ने बताइएको छ ।
यस किसिमको सहकार्यले एकातर्फ कम्पनीको व्यावसायिक सम्बन्ध प्रभावकरी बनाउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीलाई निरन्तर लाभ र ऊर्जा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्राहकले छुट सुविधा लिन लुम्बिनी केबुलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नुपर्नेछ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको जनाएको छ ।