१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ७ मंगलबार
  • Saturday, 05 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ७ मंगलबार १३:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार प्रतिपक्षसँग संवादहीनताको अवस्थामा छ : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ७ मंगलबार १३:o६:oo

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले सरकार प्रतिपक्षसँग संवादहीनताको अवस्थामा रहेको बताएका छन्। ०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुर्‍याएको आरोप लगाए।

मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तर्क्रिया कार्यक्रममा उनले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दासमेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जानेजस्ता प्रजातन्त्रमा हुँदै नहुने गतिविधिहरूमा सरकार संलग्न भइरहेको भन्दै असन्तुष्टि जनाए।

‘यो सरकार बनेपछि सिम्प्ली भन्ने हो भने संवाद छैन। ०४६ सालपछि यस्तो संवादहीनता कुनै पनि विषयमा प्रतिपक्ष त कन्सिच्युसन्नली प्रतिपक्ष हो नि। योसँग कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरुद्ध जाने खालका कुराहरू यस्तो डेमेक्रेसीमा हुँदैन,’ उनले भने।

अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताए।