१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मूल्यवृद्धिबारे एमालेले माग्यो सरकारको जवाफ (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

प्रमुख प्रतिपक्ष दल एमालेकी सांसद पद्मा अर्यालले मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सरकारको जवाफ माग गरेकी छिन्। सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै सांसद अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेकी हुन्।

मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै उनले मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने बताइन्।

‘आज मूल्यवृद्धिबाट जनताको जीवन जसरी कष्टकर बनिरहेको छ, यो कुरालाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन। हामीले जनताको आवाज यो संसदमा बोल्नैपर्ने हुन्छ। त्यसैले मैले जनताको तर्फबाट, नेकपा एमालेको तर्फबाट सम्माननीय सभामुखमार्फत् यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आइपर्‍याे ? यसको जवाफ चाहन्छौँ हामी,’ उनले भनिन्।

सांसद अर्यालले सरकारले जवाफ नदिएसम्म आफ्नो पार्टीले संसद् चल्न नदिने बताएपछि एमाले सांसदहरू आफ्नो स्थानबाट उठेका थिए। लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गरेका थिए।