१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १३:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एसपिपीबारे परराष्ट्रमन्त्री : च्याप्टर क्लोज भइसक्यो, बारम्बार खोतल्न हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:१५:oo

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को च्याप्टर क्लोज भइसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा मन्त्री खड्काले एसपिपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन्।

एसपिपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बिहीबार गृहमन्त्री बालकृष्ण खाणले एसपिपी स्वीकार्य नहुने भनिसकेको उल्लेख गर्दै उनले कुनै पनि हालतमा एसपिपी अघि नबढ्ने बताए। उनले अन्त्य भइसकेको विषयलाई कोट्याएर बस्न उचित नहुने बताए।

‘यो एउटा सकिइसकेको च्याप्टर हो। यो अघि बढ्नेछैन, बढाइनेछैन। यसबारे हिजो मात्रै पनि प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले एसपिपी सम्झौता नेपाललाई स्वीकार्य हुँदैन भनिसक्नुभएको छ। नेपाली सेनाको प्रेस विज्ञप्ति आइसकेको छ। स्वयं अमेरिकी दूतावासबाट पनि कुराहरू आइरहेका छन् । प्रधानमन्त्रीजीले यो अघि बढ्दैन भनिसक्नुभएको छ । यो त एउटा टुंगेको विषय हो नि । यसलाई हामीले बारम्बार खोतल्न हुँदैन,’ मन्त्री खड्काले भने।

ad
ad