१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा क्रिकेट खेलाडी छनोटको सुरुवात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:५३:oo

मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले  ट्यालेन्ट हन्टमार्फत देशभरिबाट क्रिकेट खेलाडी छनोटको सुरुवात गरेको छ । बिहीबार प्रदेश १ स्थित मोरङको विराटनगरबाट विभागले 'अन्डर १८ इमर्जिङ स्टार क्रिकेट टुर्नामेन्ट २०७९' औपचारिक सुरुवात गरेको छ । 

उक्त कार्यक्रम मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको हो ।  मदन भण्डारी स्पोर्ट्स एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले जननेता भण्डारीको तस्बिरमा माल्यार्पण गरेर अम्पायरलाई बल हस्तान्तरण गरी  उद्घाटन् गरेकी छिन् ।

दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा तीन टिम सहभागिता रहेको विभागका अध्यक्ष एवम पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले जानकारी दिए । 
विभिन्न तीन टिममा सहभागी ४० जना खेलाडी प्रदेश १ का सबै जिल्लाबाट ट्यालेन्ट हन्टमार्फत छनोट गरिएको उनले बताए । दुईदिने प्रतियोगितापछि प्रदेश १ को टिम तयार गरिने उनले जानकारी दिए ।

छनोट गरिएका खेलाडीलाई प्याट्रोटिक क्रिकेट एकेडेमी सेन्टर, मिल्स क्रिकेट एकेडेमी ट्रेनिङ सेन्टर र विराटनगर क्रिकेट क्लब ट्रेनिङ एकेडेमीमा विभाजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गौचनले बताए । प्रतियोगिता २५–२५ ओभरको हुने उनले जानकारी दिए ।

‘ट्यालेन्ट हन्ट’ मेची–महाकाली अभियानमार्फत सातै प्रदेशमा प्रतिभावान खेलाडीको पहिचान गरी आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताका लागि सक्षम बनाइने उपमहासचिव श्रेष्ठले बताइन् ।

एकेडेमीले असार महिनामा क्रिकेटसँगै अन्य ८ वटा खेलको आयोजना गरी मदन भण्डारी स्मृति दिवस मनाउने योजना रहेको उनले बताइन् ।

ad
ad