१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:१२:oo

एमालेले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रूपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको आयोगका अध्यक्ष केशव बडालले जानकारी दिए ।

बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता र अनुशास विपरीतका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरूलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । बडालले भने, ‘हाम्रो आयोगले सातै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गरेको छ ।’

प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, सम्पर्क कमिटीहरूले हेर्ने दृष्टिकोणसम्बन्धी विषयवस्तु हुने आयोगले जनाएको छ ।

बैठकले उमानाथ ओली, प्रदीप प्याकुरेल, लालमणि चौधरी, दीपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।

ad
ad