१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाली बजारमा रेड्मी नोट–११ को बजार हिस्सा सबैभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१८:oo

इन्टरनेसनल डाटा कर्पोरेसनको वल्र्डवाइड क्वाटर्ली मोबाइल फोन ट्र्याकरले पहिलो त्रैमासको प्रतिवेदनमा रेड्मी नोट–११ नेपालको नम्बर १ स्मार्ट फोनमा रहेको बताएको छ । साओमीले नेपाली बजारमा शीर्ष स्मार्ट फोनले बजार ओगटेको यो सातौँ त्रैमास हो । 

रेड्मी नोट–११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्ट फोन हुनुका साथै, रेड्मी–१० प्राइम २०२२ र रेड्मी–९ए पनि शीर्ष स्थानमा रहन सफल भएको कम्पनीले जनाएको छ । रेड्मी नोट–११, साओमी–१२ सिरिजजस्ता उत्पादनहरूको लन्चका कारण ब्रान्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीको दाबी छ । यसका साथै साओमीले एस१ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मिस्मार्ट ब्यान्ड ब्यान्ड ६ र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावर बैंक आदिसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरू पनि लन्च गरेको जनाएको छ । 

यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारका कारण ब्रान्डको समग्र वृद्धिमा योगदान पु¥याएको जनाइएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, साओमीले देशभरिमा तीन हजारभन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५ भन्दा बढी अधिकृत स्टोरहरू स्थापित गरेको कम्पनीले जनाएको छ । देशभर बलियो बिक्री सञ्जाल तथा विशेष अधिकृत सेवा केन्द्रहरूका साथै नेपालमा ग्राहकका आवश्यकतालाई पूरा गर्नका लागि समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबुत बिक्रीपछिको सेवाले पनि बजारमा अघि बढ्न सफल भएको कम्पनीको दाबी छ । 

ad
ad