१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल दुवै खेलमा पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:४६:oo

नेपाल आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया)मा पराजित भएको छ । पुरुषतर्फ श्रीलंकाले नेपाललाई ३–० ले पराजित गरेको छ । पुरुष एकलअन्तर्गत श्रीलंकन खेलाडी मयुरनले आद्रित नेपाललाई ६–० र ६–२ ले हराए । सोमरत्नले बृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे ।

डबल्समा मयुरन र मुथुथन्थ्रीको जोडीले बृजेश र असभसम्राट हाडाको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा पाखा लगायो । पुरुषतर्फ बंगलादेशले माल्दिभ्सलाई ३–० ले पाखा लगायो । भारतले भुटानलाई समान ३–० ले हरायो । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको महिलातर्फ माल्दिभ्सले नेपाललाई २–१ ले निराश पार्‍यो ।

महिला एकलमा नेपालकी प्राज्ना मानन्धरले कलिमलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाइन् । अर्कोमा निसानले शिभाली गुरुङलाई ६–१, ३–६ र ६–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् । निर्णायक डबल्समा निसान र अलीको जोडीले शिभाली र प्राज्नाको जोडीलाई ६–० र ६–२ ले पाखा लगाउँदै जित सुनिश्चित गरे । 

ad
ad