Skip This
प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २५ बुधबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ जेठ २५ बुधबार o९:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ जेठ २५ बुधबार o९:५२:oo

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आज नीति कार्यक्रम प्रस्तुत गर्दै छ । दिउँसो २ बजे प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको  बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्ष ०७९/८० का लागि प्रदेश १ सरकारको वार्षिक  नीति तथा  कार्यक्रम प्रस्तुत गर्नेछन् । 

प्रदेश १ सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आजै प्रदेश सभा बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले छलफलका लागि टेबल गर्नेछन् । 

भोलि बिहीबारदेखि प्रस्तुत भएको नीति तथा कार्यक्रमबारे प्रदेश संसदमा छलफल सुरु हुनेछ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष कृषिलाई विशेष प्राथमिकता दिएर बजेट निर्माण गर्दै छ । साथै आगामी बजेटमा निजी क्षेत्रलाई पनि लगानीमा प्रोत्साहन गर्ने योजना प्रदेश १ सरकारको छ ।