१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छोरी बलात्कार आरोपमा बुबा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३१:oo

लमजुङ  प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले किशोरीले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बुबालाई पक्राउ गरिएको बताए । 

आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको रेग्मीले बताए। प्रहरीका अनुसार एकजना ४५ वर्षीय बुबाले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको वेला जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका वेला र चुनावपछि समेत गरी बुबाले छोरीलाई दुईपटक करणी गरेको प्रारम्भिक बयान छोरीले दिएकी छिन् । प्रारम्भिक बयानकै क्रममा उनले दुईपटकसम्म करणी गरेको स्वीकार गरेकाे अनुसन्धानमा खटिएका प्रहरीकाे भनाइ छ ।

ad
ad