१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जति धेरै दल त्यति धेरै अस्थिरता, देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्। बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

उनले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षेप हुने बताए। देश बनाउन नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरूको निर्माण गर्नुपर्ने उनको भनाइ छ। महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए।

‘दुनियाँमा कहीँ पनि गठबन्धनले देश बनाएको, दलहरू मिलेर देश बनाएको भन्ने कुरा हामीले सुन्दैनौँ। देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ। गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन,' उनले भने, 'प्राविधिक रूपमा जित हासिल गर्न गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट राष्ट्र बन्न सक्दैन। राष्ट्र बन्नका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ। जति धेरै राजनीतिक दल त्यति धेरै अस्थिरता। जति धेरै राजनीतिक दल त्यति धेरै नीतिगत विचलन। जति धेरै राजनीतिक दल त्यति धेरै वैदेशिक हस्तक्षेप। यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो।'