१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
समाचार डिजिटल संस्करण

नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:o६:oo

स्थानीय तह निर्वाचनमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले तालिम सुरु गरेको छ ।

काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार तालिम उद्घाटन गरे । दुई दिनसम्म चल्ने तालिममा स्थानीय तहमा निर्वाचित मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष तथा केही स्वतन्त्र उम्मेदवारी दिएर विजयी जनप्रतिनिधि सहभागी छन् ।

तालिममा प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रशिक्षण, पार्टीका विभागीय नेता तथा स्वतन्त्र विज्ञहरूले विषयगत प्रशिक्षण दिने जानकारी दिइएको छ । 
०७४ मा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनपछि पनि माओवादीले आफ्ना निर्वाचित जनप्रतिनिधिलाई तीन दिने तालिम आयोजना गरेको थियो । 

 

ad
ad