१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
सुदीप शिवाकोटी नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना

Read Time : > 1 मिनेट
सुदीप शिवाकोटी, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:११:oo

बागमती प्रदेश सरकारले पहिलो पाँच वर्ष कार्यकालका लागि ल्याएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना परेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार प्रदेश सभा बेठकमा आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पेश गरेका थिए ।

यसअघि एमालेको एकल तथा त्यसअघिको एमाले–माओवादी केन्द्रको संयुक्त सरकारले ल्याएका अधिकांश कार्यक्रम दोहोरिएका छन् । नीति तथा कार्यक्रममा गुणस्तरीय जनशक्तिको उत्पादन र रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि, दिगो पूर्वाधार निर्माण, दिगो विकास, पर्यावरणीय संरक्षण र सन्तुलन, असमानता र गरिबी न्यूनीकरण, सुशासन र सार्वजनिक सेवामा नागरिकको सहज पहुँचजस्ता कुरा समेटिएका छन् ।

यस्तै, यसअघि नै ल्याइएका प्राविधिक शिक्षा, मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम, एक विद्यालय एक नर्स, छोरी बुहारीलाई छात्रवृत्ति, वैज्ञानिक खोज अनुसन्धान परिषद् स्थापना, सहयोगापेक्षी सडक मानवमुक्त बागमती प्रदेशजस्ता कार्यक्रम पनि समवेश गरिएका छन् । यसअघिकै युवा सचेतना अभियान, एक घर एक धारा, नदी व्यवस्थापनसहित जमिन उकास, प्रदेश पोल्ट्री विकास बोर्ड स्थापना, बाँझो जमिन बैंक स्थापना, एक वडा एक पशु स्वास्थ्य क्लिनिक, सीप सिकौँ उद्यमशील बनौँ कार्यक्रम, रुबीभ्याली एकीकृत विकासजस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा छन् ।

यसपटक परेका नयाँ योजना
बागमती सरकारले कृषि, स्वास्थ्य, शिक्षा र युवाको क्षेत्रमा केही नयाँ योजना पनि अघि सारेको छ । समतामूलक समाज निर्माण गर्न वडास्तरबाट अभ्यास गर्ने गरी ‘नमुना वडा समाजवादी कार्यक्रम’ अघि बढाउने उल्लेख छ । नयाँ योजनाको रूपमा नीति तथा कार्यक्रममा ५० बेडको सुविधासम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने समेटिएको छ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै जनयुद्ध र जनआन्दोलनका घाइतेलाई प्रादेशिक अस्पतालहरूबाट निःशुल्क उपचारको व्यवस्था गरिने, ‘स्वस्थ जीवनशैली प्रवद्र्धन, बागमती प्रदेशको अभियान’लाई अघि बढाइने, ‘जनता पोषण कार्यक्रम’ सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । 

हेटौँडा, भक्तपुर, त्रिशूली, सिन्धुली, धादिङ, बकुलहर र पशुपति चौलागाईं स्मृति अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्नति गर्ने, कक्षा ११ र १२ मा अल्पसंख्यक, लोपोन्मुख, अति सीमान्तकृत, दलित समुदायका छात्रछात्रामध्ये प्रति स्थानीय तहका एकजनालाई शैक्षिक छात्रवृत्ति प्रदान गरिने, इनोभेसन सेन्टर स्थापना गरिने, बीस जनाभन्दा बढी ज्येष्ठ नागरिकसहित सञ्चालनमा रहेका वृद्धाश्रममा नर्सिङ सेवा उपलब्ध गराइने, चेपाङ विशेष संरक्षित क्षेत्र बनाइने, ‘बगमती प्रदेश पूर्ण उज्यालो प्रदेश’ कार्यक्रम नयाँ योजनाका रूपमा अघि बढाइने उल्लेख छ ।

नीति तथा कार्यक्रममा नारैनारा
–स्वस्थ जीवनशैली प्रवर्द्धन, बागमती प्रदेशको अभियान
–बागमती प्रदेशको इच्छा, समृद्धिका लागि प्राविधिक शिक्षा
–हाम्रो ध्यान, युवा सचेतना अभियान
–एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा
–आत्मनिर्भर कृषि, समृद्ध प्रदेश
–खाद्य सुरक्षाका लागि उत्पादन, उत्पादनका लागि सिँचाइ
–नाफामूलक कृषि : किसानको समृद्धि
–स्वस्थ माटो, दिगो उत्पादनको मूल बाटो
–प्रदेशको सान, मौलिक कृषि हाम्रो पहिचान
–रोग हटाऔँ, उत्पादन बढाऔँ
–पशु्पन्छीको सहारा, गुणस्तरीय आहारा
–सीप सिकौँ, उद्यमशील बनौँ
–नियमित मर्मत सम्भार : दिगो सडकको आधार
–सहरी सडक पूर्वाधार सुधार : समुन्नत जीवनको आधार 

ad
ad