१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
जनार्दन बराल काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अन्त:शुल्क र भन्सारमा व्यापक परिवर्तन, कुन वस्तुमा कति कर ?

Read Time : > 1 मिनेट
जनार्दन बराल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२o:oo
  •  दलहन, सुपारी, केचप, ससदेखि कार्पेट, टाइल र सौन्दर्य प्रसाधनका सामग्रीसमेतमा कर बढाइयो 
  •  पेट्रोल तथा डिजेलका सवारीसाधन मात्रै होइन, एक सय किलोवाट मोटर क्षमताभन्दा बढीका विद्युतीय सवारीसाधनमा पनि भन्सार र अन्त:शुल्क वृद्धि

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै बढ्दो व्यापार घाटा तथा विदेशी मुद्राको सञ्चिति बढाउने उद्देश्यले विलासिताका वस्तुहरूको आयातमा भन्सार र अन्त:शुल्कमा व्यापक हेरफेर गरेका छन् । यसअघि भन्सार र अन्त:शुल्क छुट दिइएका दर्जनौँ वस्तुमा ती कर लगाइएको छ भने यसअघि नै कर लागेका वस्तुमा वृद्धि गरिएको छ ।

निर्माणमा प्रयोग हुने बिटुमिनजस्ता केही सीमित वस्तुको भन्सारदर घटाइए पनि दलहन, सुपारी, केचप, ससदेखि कार्पेट, टाइल र सौन्दर्य प्रसाधनका सामग्रीसमेतमा कर बढाइएको छ । अर्थमन्त्री शर्माले बजेट वक्तव्यमार्फत पेट्रोल तथा डिजेलका सवारीसाधन, दुई सय सिसीभन्दा बढी क्षमताका दुईपांग्रे सवारीसाधन मात्रै होइन, एक सय किलोवाट मोटर क्षमताभन्दा बढीका विद्युतीय सवारीसाधनमा पनि भन्सार र अन्त:शुल्क वृद्धि गरेका छन् ।

‘आमसर्वसाधारणले प्रयोग गर्नेभन्दा अलि बढी क्षमताका सवारीसाधनमा ठूलो मात्रामा विदेशी मुद्रा बाहिर नजाओस् र जनतालाई समेत समस्या नहोस् भन्ने हेतुले सवारीसाधनमा करको दर हेरफेर गरिएको छ,’ अर्थमन्त्री शर्माले भने, ‘अत्यावश्यकबाहेकका वस्तुहरूको आयात कम होस् भन्ने उद्दे्श्य पनि राखिएको छ ।’ मुलुकबाट बाहिर जाने विदेशी मुद्रा उनले सधैँजस्तै अल्कोहल, चुरोट, नक्कली गहनालगायत वस्तुहरूको भन्सार तथा अन्त:शुल्क दर वृद्धि गरेका छन् । 

सय किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीमा अन्त:शुल्क लगाएको हो । मोटरको पिकपावर सय किलोवाटदेखि दुई किलोवाटसम्मका लागि ३० प्रतिशत, दुई सयदेखि तीन सय किलोवाटसम्म ४५ प्रतिशत र तीन सय किलोवाटभन्दा माथिका गाडीमा ६० प्रतिशत अन्तःशुल्क तोकेको छ । सय किलोवाटसम्मका विद्युतीय गाडीमा भने अन्तःशुल्क लगाएको छैन । त्यस्तै, सरकारले विद्युतीय गाडीको भन्सारदर एक सयदेखि दुई सय किलोवाटसम्मका लागि १५ प्रतिशतले बढाएर ३० प्रतिशत पुर्‍याएको छ ।

दुई सयदेखि तीन सय किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार लाग्दै आएकोमा अब ४५ प्रतिशत पुर्‍याएको छ ।अति अविकसित क्षेत्रमा स्थानीय फलफूलबाट उत्पादित ब्रान्डी, वाइन, साइडरलगायतमा अन्तःशुल्क छुट हुने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ । स्वदेशमा उत्पादन हुने वाइनमा अन्तशुल्क आंशिक छुट हुने व्यवस्था समेत छ । सवारीसाधन एसेन्बल गर्ने उद्योगले अनएसेम्बल अवस्थामा सवारीसाधन आयात गर्दा र उनीहरूले उत्पादन गरेको सवारीसाधन बिक्री गर्दा लाग्ने अन्त:शुल्क ५० प्रतिशत छुट हुने व्यवस्था छ । खासगरी मदिरा, चुरोट, सुर्तीलगायत नकारात्मक सूचीबाहेकका वस्तुमा लाग्ने अन्तःशुल्क स्वदेशी उत्पादनलाई छुट दिइएको छ ।

 

 

 

ad
ad