१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालगन्ज नाकाबाट पेय पदार्थ ल्याउन प्रतिबन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:२२:oo

नेपालगन्ज नाकाबाट चिसो पेय पदार्थ नेपाल ल्याउन प्रतिबन्ध लगाइएको छ ।  घरायसी प्रयोजनको नाममा तस्करी बढ्न थालेपछि बाँके प्रहरीले चिसो पेय पदार्थ ल्याउन प्रतिबन्ध लगाएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनले भारतीय बजारमा पाइने चिसो पेय पदार्थ गुणस्तरहीन भएको प्रमाणित भएपछि ल्याउन प्रतिबन्ध लगाइएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतीय सीमा बजार रुपइडिहाबाट चिसो पेय पदार्थ ल्याउने क्रम रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए । ‘घरायसी प्रयोगका लागि भन्दै तस्करी गर्न थालेपछि भारतबाट चिसो पेय पदार्थ ल्याउन प्रतिबन्ध लगाउनुपरेको हो,’ उनले भने । 

ड्यु, फेन्टा, स्प्राइट र कोकाकोलालगायतका पेय पदार्थ फेला पर्नेबित्तिकै नियन्त्रणमा लिन थालिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) माधवप्रसाद रिजालले बताए ।

चिसो पेय पदार्थ नेपालमा भन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करी हुने गरेको छ । दुई लिटरको पेय पदार्थ नेपालको भन्दा भारतमा सय रुपैयाँ सस्तो पर्छ ।  रिजालले भने, ‘भारतमा एक सय ५० रुपैयाँ पर्ने दुई लिटरको ड्यु नेपालमा दुई सय ५० रुपैयाँ पर्छ ।’ 

प्रहरीले नियन्त्रणमा लिएको पेय पदार्थ 

बाँके प्रहरीले नेपालगन्ज नाकासँग साईगाउँ, बेलभार, होलिया र नरैनापुरको सुइयामा पनि कडाइ गरेको छ । जिल्लाको निर्देशन पालना गर्दै चिसो पेय पदार्थ रोक्न कडाइ गरिएको वरिष्ठ सइ रिजालको भनाइ छ । उनले सोमबार दिउँसोसम्म झन्डै एक सय बोत्तल चिसो पेय पदार्थ नियन्त्रणमा लिएको बताए । 

नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो पर्ने भएकोले चिसो पेय पदार्थ किनमेल गर्न सर्वसाधारणसमेत रुपइडिहा पुग्ने गर्छन् । घरायसी प्रयोजनका लागि भन्दै ल्याइने यस्ता पेय पदार्थ तस्करले नेपालगन्जमा भण्डारण गरेर पसलमा बिक्री–वितरण गर्दै आएको प्रहरीको भनाइ छ । 
 

ad
ad