१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १७ मंगलबार o८:१४:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

असार पहिलो साता मिस नेपाल,२४ प्रतियोगी छानिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार o८:१४:oo

 ‘मिस नेपाल–०२२’ को फाइनल आगामी ४ असारमा हुने भएको छ । प्रतियोगिताको फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजक द हिडन ट्रेजरले जनाएको छ ।

मिस नेपालको उपाधिका लागि यसपटक २४ प्रतियोगी भिड्ने भएका छन् । हिडन ट्रेजरले फाइनल २४ प्रतियोगीको नाम सार्वजनिक गरेको हो । जसमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ छन् ।

मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेसनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्माले प्रतियोगीलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास लगाइदिएका थिए ।