१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यपालिका बैठकमा मेयर साहको प्रस्ताव : भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साहले उपत्यकाका भौतिक पूर्वााधार क्षेत्रको व्यवस्थापनको लागि भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव राखेका छन्।

उनले महानगरका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकमा उक्त प्रस्ताव राखेका हुन्। सडकमा देखिने सामान्य समस्या समाधानका लागि उक्त एम्बुलेन्स सञ्चालन गर्न उनले प्रस्ताव गरेका हुन्। एक साताभित्रमा उक्त कार्य सुरु हुने मेयर साहले बताए।

उनका अनुसार उक्त एम्बुलेन्ससहितको टोली आवश्यक कच्चा पदार्थसहित सडकका समस्या समाधान गर्न खटिनेछ। यसभित्र खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने, खानेपानीका पाइप टाल्नेलगायत कार्य गर्नेछ। यसको लागि तत्काल २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गरिनेछ। स्थानीयले गरेको गुनासो र जानकारीका आधारमा उक्त एम्बुलेन्स प्रयोग हुनेछ।