१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:१o:oo

सरकारले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने बताएको छ । आगामी आर्थिक वर्ष ०७९-८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले चितवनको शक्तिखोरलगायतका सम्भावित क्षेत्रमा निजी–सार्वजनिक अवधारणाअन्तर्गत औधोगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिने बताएका हुन् । 
मन्त्री शर्माले नेपाल सरकारबाट घोषणा भएको १०५ वटा औद्योगिक ग्रामहरूको पूर्वाधार निर्माण तीनै तहको लागत साझेदारीमा सम्पन्न गरी सञ्चालनमा ल्याइनेसमेत बताएका छन् ।  बाँकी स्थानीय तहमा पनि औद्योगिक ग्राम सञ्चालनका लागि आवश्यक पहल गरिने बजेटमा उल्लेख छ । चितवनको शक्तिखोर क्षेत्रमा एक हजार ७४१ बिघामा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रको लागि परियोजनाको कार्यालयसमेत स्थापना भएको छैन ।
तर, औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भइसक्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा यहाँका व्यवसायीले औद्योगिक क्षेत्रका लागि झन्डै ५ वर्षअघि प्रस्ताव राखेका थिए । ३६ अर्ब लागत अनुमान गरिएको शक्तिखोर औद्योगिक क्षेत्रमा आठ सयदेखि एक हजार उद्योग स्थापना गर्ने उद्देश्य राखिएको छ । शक्तिखोर औद्योगिक क्षेत्रमा कृषि उपकरण, विद्युतीय सामान, सोलार प्यानल, अस्पतालका फर्निचर, छाला, केमिकल, औषधि, निर्माण सामग्री, काष्ठजन्य उत्पादन र कृषिमा आधारित उद्योग रहने बताइएको छ । औद्योगिक क्षेत्र सञ्चालनपछि एक लाख १० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान पनि गरिएको छ ।

ad
ad