१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १५ आइतबार १३:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्पर्कविहीन जहाजबारे टेलिकमको नयाँ ‘क्लु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १३:५६:oo

सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाजबारे नेपाल टेलिकम स्रोतले प्रहरीलाई नयाँ ‘क्लु’ दिएको छ। टेलिकमले थासाङ गाउँपालिकाको लेतेनजिकै रहेको लार्केटावर आसपासमा जहाज भेटिन सक्ने जानकारी जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई गराएको हो।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार टेलिकमले यात्रुले बोकेको मोबाइलको अन्तिम लोकेसन हेरेको थियो। सो आधारमा लार्केटावर क्षेत्रमा नै जहाज भेटिन सक्ने अनुमान गरिएको हो।

‘नेपाल टेलिकमको प्राविधिक टोलीले यात्रुले बोकेको सम्पर्क नम्बरका आधारमा लोकेसन हेरेको थियो,’ डिएसपी दानीले भने, ‘सोअनुसार लेते क्षेत्रमा जहाज भेटिन सक्ने हामीले ‘क्लु’ पाएका छौँ।’

याे पनि पढ्नुहाेस् : घोडेपानीबाट सम्पर्कविहीन भएको थियो जहाज