१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
प्रतिकात्मक तस्बिर ।
२o८१ जेठ ६ आइतबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सम्पर्कविहीन भएको जहाजको खोजीमा स्थलगत र हवाई दुवै माध्यम प्रयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:४१:oo

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ। जहाज मुस्ताङको घाँसा आसपासको क्षेत्रमा दुर्घटना भएको अनुमानका साथ हेलिकोप्टर पठाइएको हो। यद्यपि, खराब मौसमका कारण दुर्घटना अनुमान गरिएको क्षेत्रमा हेलिकोप्टर लैजान नसकिएको पोखरा विमानस्थलका प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए।

उनका अनुसार पोखराबाट दुईवटा निजी हेलिकोप्टर जहाजको खोजीमा परिचालन गरिएको छ । ‘मुस्ताङको घाँसा आसपासको क्षेत्रमा जहाज दुर्घटना भएको अनुमानका साथ खोजी त्यतैतर्फ केन्द्रित गरिएको छ। तर, खराब मौसमका कारण हेलिकोप्टर उक्त स्थानमा प्रवेश गर्न नै सकिरहेको छैन,’ उनले भने।

पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपासनजिकै पुगेपछि सम्पर्कविहीन भएको खुलेको छ। पोखरा विमानस्थलका प्रवक्ता देवीराज सुवेदीका अनुसार लेतेपाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनुपर्ने थियो। तर, त्यसपछि सम्पर्कमा आएको देखिएन। उनले अन्तिम सम्पर्क १० बजेर आठ मिनेट जाँदा भएको र त्यसपछि सम्पर्क छुटेको बताए।

यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन्। तर, त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको जानकारी दिए। स्थलगत रूपमा सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको र हेलिकोप्टरमार्फत सम्पर्क गर्ने प्रयास भइरहेको उनले नयाँ पत्रिकालाई जानकारी दिए।

ad
ad