१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १३ शुक्रबार १o:o२:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडाैं महानगरमा बालेनकाे विजयी उत्सव (फाेटाेफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १o:o२:oo

संघीय राजधानी रहेको काठमाडौं महानगरको मेयरमा पहिलोपटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख दलका उम्मेदवारलाई फराकिलो अन्तरले हराउँदै बालेन्द्र साह काठमाडौं महानगरको मेयर बनेका हुन् । लौरो निर्वाचन चिह्न पाएका उनले ६१ हजार ७६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत मात्रै पाइन् ।

एमालेका केशव स्थापित ३८ हजार एक सय १७ मतसहित तेस्रो भए । त्यस्तै, स्वतन्त्रका सुमन सायमीले १३ हजार सात सय ७०, राप्रपाका मदनदास श्रेष्ठले पाँच हजार सात सय ७० र विवकेशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६ सय ४७ मत प्राप्त गरिन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८६ मत प्राप्त गरे । स्वतन्त्रकी विद्या श्रेष्ठले १३ हजार ६ सय १५, राप्रपाकी विनिता मगैयाले १२ हजार एक सय ४१, स्वतन्त्रकी बेन्जीसिंह महर्जनले ६ हजार पाँच सय ५५, विवेकशील साझाकी कृति कंसाकारले दुई हजार पाँच सय ९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बालेन निर्वाचित भएसँगै काठमाडौं महानगरमा अहिले विजयी उत्सव मनाइएको छ ।  काठमाडौं महानगरका मुख्य भागमा बालेनका समर्थकले जुलुस निकालेर र्‍याली गरिरहेका छन् ।

सभागृहबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनः तिनकुने हुँदै सिनामंगल, एयरपोर्ट, तिलगंगा, गौशाला, चाबहिल, महाराजगन्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीमाटी, टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ ।     

नयाँ पत्रिकाका संजित परियारले विजयी उत्सवमा खिचेका केही दृश्य :