१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १३ शुक्रबार ११:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउनेछु : बालेन साह  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार ११:४o:oo

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरवासीसँगको सहकार्यमा काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख साहले नागरिकको आशाअनुरूप सहरको मुहार फेर्ने बताए।

उनले भने, ‘आगामी पाँच वर्षमा निर्वाचनको समयमा नागरिकसामु गरिएको वाचालाई इमानदारी साथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु ।’ बिहान ९ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै उनी आफ्नो समर्थकसँग विजय र्‍यालीसहित सहर परिक्रमा गरिरहेका छन् । 

सभागृहबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुन: तिनकुने हुँदै सिनामंगल, एयरपोर्ट, तिलगंगा, गौशाला, चाबहिल, महाराजगन्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीमाटी, टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवाद सभामा परिणत हुनेछ ।