
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। तीन मन्त्रीको नाम टुंगो लागिसकेको छ भने अन्य नाममा पनि छलफल भइरहेको स्रोत बताउँछ ।
अर्थमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जामा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र गृहमा अधिवक्ता ओमप्रकाश अर्यालको नाम तय भएको छ। रक्षामा पूर्वसैनिक अधिकारीको सम्भावना रहेको स्रोत बताउँछ । साढे ११ बजे शपथग्रहणको तयारी छ।
एकै मन्त्रीलाई दुई–तीनवटा मन्त्रालयको जिम्मेवारी दिने गरी मन्त्रीहरू नियुक्त गर्न लागिएको छ। कसैलाई पनि उपप्रधानमन्त्री नबनाइने भएको छ।