१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगर : एउटा वडाको मतगणना बाँकी, कांग्रेस १७ र एमाले १३ वडामा विजयी हुँदा ‘एस’ले खाता खोल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका अनुसार वडा नम्बर १४ को बाँकी अन्तिम तीनवटा मतपेटिकाको मतगणना सुरु गरिएको छ।

मतगणना सम्पन्न भएका ३१ वटा वडाको मतपरिणामअनुसार १७ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसका उम्मेदवार अध्यक्ष निर्वाचित भएका छन्।

त्यस्तै नेकपा (एमाले)ले १३ वटा तथा एकीकृत समाजवादीले एउटा वडामा जित निकालेको छ। वडा नम्बर वडा १, २, ३, ४, ५, १३, १६, १८, २१, २२, २३, ३१ र ३२ नम्बर वडामा एमाले विजयी हुँदा वडा नम्बर १५ मा नेकपा (एकीकृत समाजवादी)ले जित हासिल गरेको छ। माओवादी केन्द्रका उम्मेदवार भने काठमाडौं महानगरका कुनै पनि वडाको अध्यक्षमा विजयी भएका छैनन्।