मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ जेठ १२ बिहीबार ०८:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

सूर्य नेपाल गल्फ टुर २०२१–२२ : शुक्रबहादुर एक  स्ट्रोकले अगाडि

Read Time : < 1 मिनेट
२०७९ जेठ १२ बिहीबार ०८:३५:००

शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा एक स्ट्रोकको अग्रता लिएका छन् । उनले निरज तामाङमाथि तेस्रो चरणमा एक स्ट्रोक अग्रता बढाएका हुन् । प्रतियोगिताको तेस्रो चरणको खेल समाप्तिसम्म शुक्रबहादुरले समग्रमा १५ अन्डर दुई सय २१ स्कोर गरेका छन् । निरज दोस्रो स्थानमा छन् । 

एमेच्योर खेलाडी वान्चेन धोन्डुप १२ अन्डर दुई सय चार स्कोरका साथ तेस्रो स्थानमा छन् । प्रतियोगिताका शीर्ष खेलाडी भुवन नगरकोटी १० अन्डर दुई सय ६ स्कोर गर्दै चौथो स्थानमा उक्लेका छन् । यसैगरी एमेच्योर खेलाडी महेन्द्र फगामी र पूर्ण शर्मा संयुक्त रूपमा छैटौँ स्थानमा छन् । महेन्द्र र पूर्णले सात अन्डर दुई सय ७९ स्कोर गरेका छन् ।

एमेच्योर खेलाडी आरभ शाह र भुवनकुमार रोक्का संयुक्त रूपमा सातौँ स्थानमा छन् । आरभले पाँच अन्डर दुई सय ११ र भुवनले इभन पार खेल्दै ७२ स्कोर गरे । सूर्यप्रसाद शर्मा र रवि खड्का नवौँ स्थानमा छन् । दुवैले चार अन्डर दुई सय १२ स्कोर गरे ।

 दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गरेका सद्भाव आचार्यले तेस्रो चरणमा राम्रो खेल्न सकेनन् । उनी तीन अन्डर दुई सय १३ स्कोर गर्दै ११ स्थानमा छन् । गत महिना सूर्य नेपाल टुर इभेन्टको उपाधि जितेका १३औँ सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङ १२औँ स्थानमा छन् ।