१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ ११ बुधबार १६:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तपातालमा कमलको फूल फुलाउँछु : मेयर महर्जन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार १६:३३:oo

ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका चिरिबाबु महर्जनले ललितपुरको लगनखेलमा रहेको सप्तपाताल पोखरीमा कमलको फूल फुलाउने आफ्नो दोस्रो कार्यकालको पहिलो काम हुने बताएका छन् । बुधबार नयाँ पत्रिकासँग कुरा गर्दै उनले पोखरीको ३० रोपनी अतिक्रमित जग्गा फिर्ता ल्याएर पोखरीलाई जीवित राख्ने आफ्नो पहिलो योजना रहेको बताएका हुन्। 

उक्त पोखरी संरक्षणको काम यसअघिको कार्यकालमा सुरु गरे पनि समय अपुगका कारण सम्भव नभएको उनको भनाइ छ । ‘मैले यो पोखरीको अतिक्रमित जग्गा यसअघिकै कार्यकालमा फिर्ता ल्याउने कोसिस गरेको थिएँ, तर समय कम भएको थियो,’ उनले भने, ‘अब पोखरीको जग्गा फिर्ता ल्याएर कमलको फूल फुलाउँछु ।’ 

यसअघिको कार्यालयमा उनले ललितपुर महानगरपालिका सामुन्ने रहेको समय फल्चालाई जीवित राख्न सफल भएका थिए। लालीगुराँस सहकारीले खोसेको फल्चालाई पुरानो फोटोको आधारमा मुद्दा लडेर उनले फिर्ता ल्याएका थिए। त्यसबाहेक ललितपुरमा साइकल लेन विस्तार, सम्पदा संरक्षण, महानगरको नगर प्रहरी व्यवस्थापनलगायत कार्य महर्जनले गरेका थिए। पुनः निर्वाचित भएर आएपछि पुरानासँगै नयाँ योजनाका कामलाई अघि बढाउन आफू सक्रिय रहने उनको भनाइ छ।