मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ११ बुधबार ०७:३४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

निरज शीर्ष स्थानमा 

Read Time : > 1 मिनेट
२०७९ जेठ ११ बुधबार ०७:३४:००

 सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनकै अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको शीर्ष स्थानमा निरज तामाङ उक्लेका छन् । करिअरकै उत्कृष्ट प्रदर्शन गरेका निरज समग्रमा १२ अन्डर एक सय ३२ स्कोरका शीर्ष स्थानमा उक्लेका हुन् । निरजको उत्कृष्ट प्रदर्शनका कारण पहिलो दिन शीर्ष स्थानमा रहेका एमेच्योर लिडर वाङ्चेन ढोन्डुप र शुक्रबहादुर राई पछाडि परेका छन् । 

यी दुवै खेलाडी निरजभन्दा दुई स्ट्रोकले पछि परेका छन् । शुक्र र वाङ्चेन १० अन्डर एक सय ३४ स्कोरका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् । एमेच्योर खेलाडी सद्भाव आचार्य नौ अन्डर एक सय ३५ स्कोरका साथ चौथो स्थानमा रहे । नेपालका नम्बर एक खेलाडी भुवन नगरकोटीले आठ अन्डर एक सय ३६ स्कोर गर्दै पाँचौँ स्थान बलियो बनाए । 

पूर्णप्रसाद शर्मा ६ अन्डर एक सय ३८ का साथ छैटौँ स्थानमा छन् । सातौँ स्थानमा रहेका भुवनकुमार रोक्काले पाँच अन्डर एक सय ३९ स्कोर गरे । धनबहादुर थापा र एमेच्योर आर शाह समान चार अन्डर एक सय ४० स्कोरका साथ संयुक्त रूपमा आठौँ स्थानमा छन् । 

निरजले फ्रन्ट र ब्याक नाइन समान चार अन्डर ३२ स्कोर गरेका थिए । उनले १२ र १५ औँ होलमा बर्डिज प्रहार गरे । उनले १४औँ होलमा इगलको प्राप्त गर्दै शीर्ष स्थान पक्का पारे । नम्बर एक गल्फरको दौडमा रहेका शुक्रले फ्रन्ट नाइन ६ अन्डर ३० स्कोर गरे । पहिलो दिन शीर्ष स्थानमा उक्लेका वाङ्चेनले फ्रन्ट नाइनमा दुई अन्डर ३४ स्कोर गरे ।

सद्भावले पनि करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै फ्रन्ट नाइन तीन अन्डर ३३ स्कोर गर्न सफल भए । उनले पहिलो, तेस्रो, चौथो, पाँचौँ, सातौँ र नवौँ होलमा बर्डिज निकालेका थिए । ११औँ , १२औँ र १६औँ  होलमा बर्डिजन निकाल्दा निरजले तीन अन्डर ३३ स्कोर गर्न सफल भए । नेपालका नम्बर एक गल्फर भुवनले फ्रन्ट नाइन र ब्याक नाइनमा समान दुई अन्डर ३४ स्कोर गरेका थिए । उनले तेसो, चौथो, १०औँँ, १३औँ र १६औँ होलमा बर्डिज प्रहार गरे ।