मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १० मंगलबार o९:o५:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोरोना संक्रमित २० प्रतिशतमा लामो समयसम्म कान बज्ने समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार o९:o५:oo

कोरोना भाइरसबारे दिनप्रतिदिन नयाँ–नयाँ जानकारी बाहिरिरहेको छ । तर, अझै पनि यसबारेमा पूर्ण जानकारी प्राप्त भइसकेको छैन । त्यसैले भाइरसले मानव शरीरमा पार्ने कैयौँ असर रहस्यमै छन् । एकपटक संक्रमित भएपछि कहिले पूर्ण रूपमा मुक्त हुन्छ भनेर सटिक रूपमा भन्न सकिने अवस्था छैन । केही मानिस संक्रमित भएपछि चाँडै तंग्रिन्छन् । तर, विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार १० देखि २० प्रतिशत संक्रमितमा संक्रमणको केही हप्ता र महिनापछि पनि लक्षण देखापर्छ ।स्वास्थ्यविज्ञले यस्ता कैयौँ लक्षण पहिचान गरेका छन्, मानिसहरूमा केही साता वा महिनौँसम्म पनि देखिरहन्छ । यस्तै, एउटा लक्षण कानसँग सम्बन्धित छ ।

 टिन्निटस के हो ? 
एउटा वा दुवै कान बजिरहेजस्तो वा अरू कुनै आवाज सुनेजस्तो अनुभव हुनुलाई टिन्निटस भनिन्छ । र, यी आवाज कुनै बाह्य स्रोतबाट आएका हुँदैनन्, प्रभावित व्यक्तिले मात्र सुनिरहेको हुन्छ । जति गरे पनि यो आवाज नजाने भएकाले यसले दिक्क बनाउँछ । फेरि आवाज आफूले मात्र सुन्ने भएकाले अरूलाई बुझाउन पनि गाह्रो हुन्छ ।

स्वास्थ्य रिपोर्टअनुसार कोभिड महामारीअघि टिन्निटसले प्रायः वृद्धवृद्धालाई सताउँथ्यो । तर, अहिले कोभिड संक्रमित पनि प्रभावित हुन थालेका छन् । विज्ञहरूका अनुसार टिन्निटस कुनै रोग होइन, कुनै चिकित्सा अवस्थाको लक्षण वा परिणाम हो ।लगातार कान बजिरहने भएकाले यसले व्यक्तिलाई दैनिक जीवन चलाउन गाह्रो बनाउँछ । धेरै अवस्थामा टिन्निटसले बाह्य श्रवण क्षमतालाई नै प्रभावित बनाउँछ । 

 टिन्निटस र कोभिडको सम्बन्ध
कोभिड नामक संस्थाले सञ्चालन गरेको सर्वेक्षणअनुसार कोभिड संक्रमणपछि टिन्निटसका कारण १९ प्रतिशत वा पाँचमध्ये एकजनालाई सुनाइमा समस्या भएको छ । ‘१९ प्रतिशत वा पाँचमध्ये झन्डै एक संक्रमितमा कोभिडले कानमा समस्या निम्त्याउने गरेको देखियो । हामीले सर्वेक्षणमा सहभागी हुन इच्छुक १४ हजार पाँच सय जनालाई भेट्यौँ ।

तीमध्ये पाँच हजारजनामा कान बज्ने समस्या पायौँ । हामीले के पनि जान्यौँ भने केही मानिसमा कान बज्ने समस्या केही दिन मात्र रहन्थ्यो भने अधिकांश मानिस अथवा ५० प्रतिशतभन्दा बढीले उनीहरूले कोभिड निको भएको धेरै पछिसम्म पनि कान बज्ने समस्या भोगिरहेको बताए । कहिलेकाहीँ कान बज्ने समस्या घट्ने र पुनः फर्किने गरेको उनीहरूको भनाइ छ ।,’ जो कोभिडका सहसंस्थापक प्रोफेसर टिम स्पेक्टरले भने । अस्पतालका नाक, कान, घाँटी विभागमा काम गर्ने सहकर्मीहरू पनि कोभिड महामारीपछि टिन्निटसका बिरामी बढिरहेको सुनाउने गरेको उनले बताए । 

 टिन्निटसको लक्षण
टिन्निटस भएका मानिसले केही गर्जेजस्तो वा कोही चिच्याएजस्तो आवाज सुन्छन् । यी ध्वनि प्रभावित व्यक्तिले मात्र सुनिरहेको हुन्छ र त्यसले व्यक्तिको सुन्ने क्षमतामा अवरोध सिर्जना गर्छ । गर्जन वा चिच्याहटको अरिरिक्त टिन्निटस भएका व्यक्तिले भुनभुनाएजस्तो, सिट्टी बजेजस्तो, कोही गुनगुनाएर गफ गरेजस्तो, रिसाउँदा निस्कने आवाजस्तो आवाज पनि सुन्छन् । –एजेन्सी