मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ असोज २ बिहीबार १२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री सिंहले राजीनामा दिन नमानेपछि संसदीय दलले गरे कारबाहीको सिफारिस

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १२:१९:oo

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिएपछि जनमत पार्टीका मधेशका संसदीय दलले अनुशासनकाे  कारबाहीको सिफारिस गरेका छन् । 

जनमत पार्टी मधेश प्रदेश संसदीय दलले मुख्यमन्त्री सिंहविरुद्ध पार्टीको केन्द्रीय समितिमा कारबाही सिफारिस गर्ने निर्णय लिएका हुन्। संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार मुख्यमन्त्री सिंहसँग २४ घण्टाभित्र स्पष्टीकरण मागिएको थियो, तर मुख्यमन्त्री सिंहले जवाफ नदिएपछि दलको बैठकले  बुधबार कारबाहीको  सिफारिस निर्णय गरेको थियो ।

नेता यादवले आजै मुख्यमन्त्री सिंहको कारबाहीका लागि पार्टीलाई पत्राचार गरेको उनले बताए । दलको सिफारिसअनुसार पार्टीले कारबाही गरेको खण्डमा मुख्यमन्त्री सिंहको सांसद पदसमेत जाने र उनी स्वतः मुख्यमन्त्रीबाट पदमुक्त हुने कानुनी प्रवधान रहेको छ ।

जेन–जी आन्दोलनको क्रममा २४ भदौमा पार्टीको निर्देशनअनुसार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर, पछि औपचारिक राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले कारबाहीको बाटो रोजेको हो।

संसदीय दलले मुख्यमन्त्रीसहित सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै मधेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभा सचिवालयमा पठाइसकेको जनाएका छन्।