१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
रोहितराज पराजुली नयाँ पत्रिका
Invalid date format o९:१३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गण्डकीका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेटे

Read Time : > 1 मिनेट
रोहितराज पराजुली, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format o९:१३:oo

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी बुढीगण्डकी जलविद्युत् आयोजनादेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेलगायतका विषय समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री देउवालाई बुझाइएको पत्रमा जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना चालू आर्थिक वर्षबाटै सुरु गर्ने गरी काम अगाडि बढाउन गण्डकी प्रदेशले समेत लगानीमा साझेदारी गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

कम लागतमा उच्च प्रतिफल दिने उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना सञ्‍चालनमा ल्याउन र प्रदेश सरकारको समेत लगानी साझेदारी हुने गरी संघीय सरकारको आउँदो वर्षको बजेटबाट कार्यान्वयनमा लैजान मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न, फेवातालको संरक्षण र विकासका लागि तयार गरिएको फेवाताल संरक्षण र विकास गुरुयोजना कार्यान्वयनको आवश्यक बजेटको व्यवस्था गरिदिन, गण्डकी र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न दुवै प्रदेशको समन्वय र लगानीमा तथा संघ सरकारको साझेदारीमा मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माण, पोखरा र काठमाडाैं जोड्ने द्रुतमार्गसँगै वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रे गर्न, गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माण, गण्डकीको तनहुँ र नवलपुरसँगै बागमतीको चितवन जोड्ने गरी त्रिकोणात्मक मोटरेबल पुल निर्माण, कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृतसँगै बहुपक्षीय विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको संघीय सरकारलाई पत्रमार्फत गण्डकीसँग जोडिएका नाकाहरू मुस्ताङको कोरला, नवलपरासीको त्रिवेणी र गोरखाको लार्केमा भन्सार पूर्वाधार विकास गरी व्यापार तथा वाणिज्य प्रवद्र्धन गर्नुपर्ने, सडक सञ्जालसँग नजोडिएका मनाङको नार्पाभूमि गाउँपालिका केन्द्रीय योजनामा समावेश गरी सडक सञ्जालको विस्तार गर्न, नवलपुरको गैँडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलग्राम र ट्रमा सेन्टर स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्रीलाई पत्रमार्फत अनुरोध गरिएको छ ।