Skip This
तिब्बत हेर्ने अमेरिकी  उपविदेशमन्त्री काठमाडौंमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तिब्बत हेर्ने अमेरिकी  उपविदेशमन्त्री काठमाडौंमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:१७:oo

अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जिया शुक्रबार आइपुगेकी छिन् । उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च अधिकारीसँग भेटवार्ता गर्र्दै छिन् । तिब्बती धर्मगुरु दलाई लामालाई बिहीबार भेटेर आएकी जियाको भ्रमणबारे छिमेकी चीनले चासो प्रकट गरेको छ । 

अमेरिकी प्रशासनको तिब्बती मामिला हेर्ने संयोजकसमेत रहेकी जियाले नेपालमा रहेका तिब्बती शरणार्थीबारे कुराकानी गर्ने बताइए पनि नेपाली अधिकारीले त्यसलाई अस्वीकार गरेका छन् । ‘नेपाल र अमेरिका सम्बन्धका विभिन्न विषयमा छलफल हुन्छ, अन्य विषयबारे जानकारी छैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नयाँ पत्रिकासँग भनिन् ।

उनले शनिबार नेपालमा रहेका तिब्बती शरणार्थी अगुवाहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । तर, अमेरिकी राजदूतावास वा बाहिर हुने अमेरिकी अधिकारीको निजी कार्यक्रमबारे परराष्ट्र जानकार नभएको उनको भनाइ थियो । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर अमेरिकी भ्रमणबारे चासो जनाएकी थिइन् । जियाले भारतको धर्मशालामा दलाई लामा र तिब्बती अधिकारीहरूसँग गरेको भेटवार्ताप्रति दिल्लीस्थित चिनियाँ राजदूतावासले असन्तोष व्यक्त गरेको छ । 

नेपाली अधिकारीले तिब्बती शरणार्थीबारे अमेरिकाको चासो विगतदेखि रहँदै आएको र उनीहरूलाई नेपालले दिने जवाफ पनि पुरानै रहेको बताए । ‘हरेक अमेरिकी भ्रमणमा तिब्बती शरणार्थीबारे चासो प्रकट हुन्छ । यो कुनै नयाँ सन्दर्भ होइन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘अमेरिकी अधिकारीले शरणार्थीको धार्मिक अधिकार, शान्तिपूर्ण रूपमा गतिविधि गर्न पाउनुपर्ने अधिकार दिनुपर्छ भन्दै आएका छन् । विनारोकटोक भारत आवतजावत गर्न दिन, करिब तीन हजार तिब्बतीलाई नयाँ शरणार्थी परिचयपत्र उपलब्ध गराउन पनि उनीहरूको जोड रहँदै आएको छ, कुनै नयाँ कुरा छैन ।’ 

नेपालले भने तिब्बती शरणार्थीलाई नेपालमा मानवीय आधारमा शरण उपलब्ध गराइएको र उनीहरूलाई राजनीतिक गतिविधि गर्न दिन नसकिने भन्दै आएको छ । जियाअघि यो वर्ष दुई अमेरिकी प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेका छन् । डेमोक्रेटिक पार्टीकी सिनेटर (सांसद) क्रिस्टेन गिलिब्रान्ड नेतृत्वमा ६ सदस्यीय टोलीले ९ देखि ११ वैशाखसम्म भ्रमण गरेको थियो । त्यसअघि ६ देखि ८ वैशाखमा दक्षिण तथा मध्यएसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केली केइडरलिङले भ्रमण गरेकी थिइन् ।