मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ जेठ ६ शुक्रबार १६:४४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

थाक्रे गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी

Read Time : < 1 मिनेट
२०७९ जेठ ६ शुक्रबार १६:४४:००

धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका रामकुमार आचार्य विजयी भएका छन् । उनी १० हजार तीन सय ५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद विडारीले आठ हजार एक सय १६ मत प्राप्त गरेका छन् । आचार्य ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा विजयी भएका थिए ।

उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार यन्त्रबहादुर थापा नौ हजार चार सय ३१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका रूपाखेतीले नौ हजार ९१ मत प्राप्त गरेकी छिन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा रूपाखेती विजयी भएकी थिइन् ।  

गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्यामसुन्दर थापा, वडा नम्बर २, ३ र ४ मा माओवादी केन्द्रका उम्मेदवार क्रमशः टीकाराम तामाङ, विजय तामाङ र आशाराम तामाङ, वडा नम्बर ५ मा नेकपा एमालेका सन्तबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै, वडा नम्बर ६ मा माओवादी केन्द्रका हिराबहादुर थापा, वडा नम्बर ७ मा नेकपा एमालेका युवराज खतिवडा, वडा नम्बर ८ मा एकीकृत समाजवादीका प्रेमकुमार थापा, वडा नम्बर ९ मा नेकपा एमालेका श्यामचन्द्र आचार्य, वडा नम्बर १० मा नेकपा एमालेका गोकुलप्रसाद लामिछाने र वडा नम्बर ११ मा नेपाली कांग्रेसका सुदर्शन पाण्डे अध्यक्षमा विजयी भएका छन् ।