मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३२ बुधबार १५:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से २८ सय विन्दुनजिक, कारोबार रकम १४ अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १५:४२:oo

आर्थिक वर्षको अन्तिम दिन आज सेयर बजारका सबै सूचक उकालो लागेका छन्। नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकम पनि करिब साढे चार महिनायताकै उच्च विन्दुमा पुगेको छ।

आज बुधबार नेप्से ३४.६१ अंक (१.२५ प्रतिशत)ले बढेर दुई हजार ७९४.७८ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ प्रतिशतले बढेको छ।

आज ३३० कम्पनीका चार करोड ३१ लाख ११ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार रुपैयाँ पुगेको छ। यसअघि गत फागुन १८ गते १४ अर्ब ११ करोड १६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो।

आज व्यापार समूह ०.१८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेका छन्। विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशतले वृद्धि हुँदा बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचल फन्ड र निर्जीवन बिमा एक प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा बाँकी समूह त्योभन्दा कमले बढेका हुन्।

बढेको बजारमा आज थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, ग्रिन डेभलपमेन्ट बैंक, अपर हेवाखोला हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आठ प्रतिशतभन्दा धेरै कमाएका छन्।

सर्वाधिक गुमाउनेमा भने माईखोला हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त कम्पनीको मूल्य सात प्रतिशतभन्दा धेरैले घट्दा नारायणी विकास बैंक, उन्नति सहकार्य लघुवित्तलगायतको मूल्य दुई प्रतिशतभन्दा धेरैले घटेको छ।