१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
यम बम काठमाडाैं
२o८१ जेठ ७ सोमबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

५९४ पालिकाको नतिजा : कुन जिल्लामा को बलियो ?

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:१८:oo

बिहीबार मध्यरातिसम्म ३७ जिल्लाको पूर्ण नतिजा आउँदा माओवादी १२, एमाले तीन र कांग्रेस एक जिल्लामा प्रमुखविहीन

  • एकीकृत समाजवादीले गण्डकी र लुम्बिनीमा खातासमेत खोल्न सकेन, पोखरा महानगरमा भने अग्रता
  • कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जबर्जस्त उदायो, तीनमा जित, एकमा अग्रता
  • सिके राउतको जनमत पार्टीले पनि सप्तरीको हनुमाननगरमा जित्यो

निर्वाचन आयोगका अनुसार बिहीबार रातिसम्म आएको परिणामअनुसार कांग्रेस सबैभन्दा ठूलो शक्ति बनेको छ । पाँच सय ९४ पालिकाको परिणाम आउँदा एमाले दोस्रो र माओवादी तेस्रो शक्तिका रूपमा रहेका छन् । 

कांग्रेसले दुई सय ६५ पालिका प्रमुख र दुई सय ४६ उपप्रमुख, एमालेले एक सय ७१ प्रमुख र एक सय ८६ उपप्रमुख तथा माओवादीले एक सय सात पालिका प्रमुख र एक सय १५ उपप्रमुखमा जित निकालेका छन् । जनता समाजवादी पार्टी १७–१७ प्रमुख–उपप्रमुख जितेर चौथो दल बनेको छ भने एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीले १४ प्रमुख र १८ उपप्रमुख जितेर पाँचौँ स्थान लिएको छ । 

जनता समाजवादीबाट फुटेको लोकतान्त्रिक समाजवादीले चार पालिका प्रमुख र पाँच उपप्रमुखमा जितेको छ । अन्य दल र स्वतन्त्र उम्मेदवारले भने २३ प्रमुख र १५ उपप्रमुख जितेका छन् ।

३७ जिल्लाको पूर्ण नतिजा आउँदा कुन दल कहाँ निल ?

०७४ मा दार्चुलाका पाँच पालिका जितेको कांग्रेस यसपटक निल
मतगणना सम्पन्न भएका जिल्लामध्ये कांग्रेस दार्चुलामा निल भएको छ । नौ पालिका रहेको दार्चुलामा कांग्रेसले ०७४ मा पाँचमा प्रमुख जितेको थियो । तीन तहमा कांग्रेस र एकमा माओवादी विजयी भएका थिए । दार्चुला कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगमन्त्री दिलेन्द्र बडूको गृहजिल्ला हो ।

डडेल्धुरा, मुगु र जुम्लामा एमालेले एउटै प्रमुख जित्न सकेन

एमालेले आठ पालिका रहेको जुम्ला, सात पालिका रहेको डडेल्धुरा र चार पालिका रहेको मुगुमा यसपटक एउटै प्रमुख पनि जित्न सकेन । ०७४ मा डडेल्धुरामा दुई तथा मुगु र जुम्लामा एक–एक पालिका जितेको थियो । पूर्ण नतिजा आइनसकेका गोरखा, पश्चिम रुकुम र हुम्लामा पनि एमाले निल हुने अवस्थामा छ । गोरखाको चुमनब्री गाउँपालिका, पश्चिम रुकुमको मुसिकोट नगरपालिका र हुम्लाको चंखेली गाउँपालिकाको मात्र नतिजा आउन बाँकी छ । तर, चुमनब्रीको अध्यक्षमा माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ भने मुसिकोटमा एमाले प्रतिस्पर्धामै छैन । चंखेलीको अध्यक्षमा एमाले उम्मेदवार भए पनि प्रतिस्पर्धामा निकै पछाडि छ ।

पूर्ण नतिजा आएकामध्ये १२ जिल्लामा माओवादी निल

३७ जिल्लाको पूर्ण नतिजा आउँदा माओवादी १२ जिल्लामा निल देखिएको छ । उसले धनकुटा, संखुवासभा, तेह्रथुम, रसुवा, भक्तपुर, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्वका एउटै पालिकामा प्रमुख जित्न सकेन । काठमाडौं, कास्की र बाजुरामा पनि माओवादी प्रमुखमा निल हुने अवस्थामा छ । पोखरा र काठमाडौं महानगरमा मतगणना जारी भए पनि प्रमुख र उपप्रमुखमा माओवादीका उम्मेदवार छैनन् । त्यस्तै, काठमाडौंको कागेश्वरी–मनोहरामा पनि माओवादीको मेयरका उम्मेदवार छैनन् भने नागार्जुनमा कांग्रेस र एमाले प्रतिस्पर्धामा छन् । त्यस्तै, बाजुराको बुढीनन्दामा माओवादी प्रतिस्पर्धाबाट निकै टाढा छ । 

 

 

ad
ad