मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमल खत्री म्याग्दी
२०७९ जेठ ५ बिहीबार ११:१०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७९ जेठ ५ बिहीबार ११:१०:००

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुनले चार हजार ५८ मत र उपाध्यक्षका उम्मेदवार दिवाकुमारी तिलिजा पुनले चार हजार १५ मत ल्याएर विजयी भएका छन् । 

अध्यक्षका प्रत्याशी कांग्रेसका बलबहादुर तिलिजाले तीन हजार तीन सय १६ मत र उपाध्यक्षका प्रत्याशी कांग्रेसका ललिता तिलिजाले तीन हजार तीन सय ५८ मत प्राप्त प्राप्त गरे । अध्यक्षमा सात सय ४२ र उपाध्यक्षमा ६ सय ५७ मत अन्तरले एमालेका उम्मेदवार विजयी भएको जनाइएको छ ।

आठवटा वडा रहेको अन्नपूर्णमा एमालेले पाँचवटा वडासहित गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी हासिल गर्दा कांग्रेसले तीनवटा वडामा विजयी भएको छ । अघिल्लो निर्वाचनमा अन्नपूर्णमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको थियो । 

अन्नपूर्णको वडा नम्बर १ मा एमालेका दिलीपकुमार गर्वुजा, २ मा एमालेका ओमप्रकाश फगामी, ३ मा एमालेका रमेश पुर्जा, ४ मा कांग्रेसका लोकबहादुर फगामी, ५ मा कांग्रेसका राजेश तिलिजा, ६ मा कांग्रेसका रामबहादुर खड्का, ७ मा एमालेका माइलन पुर्जा पुन र ८ मा एमालेका खमबहादुर गर्वुजा वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।