१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

 त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि टोलीको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि राष्ट्रिय टोली घोषणा गरेको छ । क्यानले बुधबार घोषणा गरेको टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल समावेश छैनन् । गत फागुनमा युएई र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक शृंखलामा टोलीमा रहेका मल्लले त्यसपछि पपुवा न्युगिनीविरुद्धको एकदिवसीय र टी–२० सिरिजमा स्थान बनाउन सकेनन् ।

गतसाता टियू मैदानमा नेपालले जिम्बावे ए टोलीविरुद्धको एकदिवसीय र टी–२० खेलमा समेत उनी टोलीबाट बाहिर नै रहे । नेपाली टोलीमा सुनील धमला फर्किएका छन् । सुनीलले सन् २०१७ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्ध नेपाली टोलीबाट डेब्यु गरेका थिए । 

सो सिरिजपछि उनी बाहिर नै रहे । जिम्बावेको ए टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका आधारमा सुनीलले अमेरिकामा हुने त्रिकोणात्मक शृंखलाका लागि स्थान बनाएका हुन् । यसैगरी आदिल अन्सारी पनि एकदिवसीय टोलीमा पहिलोपल्ट परेका छन् ।

जिम्बावेको ए टोलीविरुद्ध नै लिस्ट एमा डेब्यु गरेका युवा फास्ट बलर किशोर महतो पनि १५ सदस्यीय नेपाली टोलीमा अटाएका छन् । अर्का युवा खेलाडी देव खनाल पनि टोलीमा परेका छन् । खनालले पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिजमा डेब्यु गरेका थिए । नेपालले अमेरिकामा ओमान र आयोजक अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । 

विश्वकप लिग–२ अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रक्रिया हो । सात टोली सम्मिलित लिगमा नेपाल छैटौँ स्थानमा छ । नेपालले १२ खेलबाट समान ६ जित र हारको सामना गरेको छ । 

नेपाली टोली 
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, सोमपाल कामी, करण केसी, विक्रम सोव, किशोर महतो, सागर ढकाल ।