१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १८:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मंगलसेन नगरपालिकामा एमाले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:१o:oo

नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले अछामको मंगलसेन नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ । पालिकामा मेयर पदमा एमालेका उम्मेदवार पदमबहादुर बोहरा पाँच हजार ७३७ मत र उपमेयरमा संगीता रावल (सोडारी) पाँच हजार ७१९ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट कांग्रेसका नमबहादुर शाहीले पाँच हजार २ मत पाए भने गठबन्धनकै तर्फबाट उपमेयरमा बमबहादुर रावलले तीन हजार ७५ मत मात्र प्राप्त गरे । 

मेयरमा विजयी भएका बोहरा यसअघि पनि मंगलसेनका मेयर थिए । ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए । त्यो वेला बोहराले जम्मा चार हजार ६९१ मत ल्याएका थिए भने उपमेयर सरिता उपाध्यायले चार हजार ९११ मत ल्याएकी थिइन् । १४ वडा रहेको मंगलसेनमा ०७४ मा एमालेले जम्मा ५ वडा मात्रै जितेको थियो भने अन्य ९ वटा वडामा कांग्रेसका वडाध्यक्ष विजयी भएका थिए । तर योपटक भने एमालेले मत संख्या र वडाहरूको नतिजा उल्ट्याइदिएको छ । अहिले एमालेले १० वडा जित्यो भने कांग्रेस ४ वडामा सीमित भएको छ । 

बोहराको वडामा भने एमाले पराजित

मंगलसेनको मेयरमा फराकिलो मतान्तरले विजयी भएका पदमबहादुर बोहराको वडामा भने एमालेले हार ब्यहोर्नुपरेको छ । त्यहाँ कांग्रेसका तर्फबाट नामसिंह धामी वडाध्यक्ष बनेका छन् । वडा नम्बर ४ यसअघि सधैँ एमालेले जित्ने गरेको थियो । यो वडामा बहुदल यता कांग्रेसले जितेको यो पहिलोपटक हो ।

वडाध्यक्षमा विजयी धामीले मेयर बोहराको वडामा एमालेका उम्मेदवारलाई २६ मतान्तरले पराजित गरेका हुन् । उनले ४ सय ९९ मत प्राप्त गरे भने एमालेका उम्मेदवार केवलसिंह धामीले ४ सय ७५ मत प्राप्त गरे । 

ad
ad