१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ ५ शनिबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्माण व्यवसायी संघ सर्लाहीको अध्यक्षमा राउत चयन

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:४o:oo

निर्माण व्यवसायी संघ सर्लाहीको अध्यक्षमा व्यवसायी जोगी राउत चयन भएका छन्। शुक्रबार मलंगवा नगरपालिका–८ स्थित कुसुम पार्टी प्यालेसमा सम्पन्न संघको ७ औँ जिल्ला अधिवेशनबाट राउतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो।

कमिटीको उपाध्यक्षमा कृष्णकुमार यादव, सचिवमा रामकृष्ण केसी, उपसचिवमा अरविन्दकुमार ठाकुर, कोषाध्यक्षमा धीरेन्द्रकुमार भगत तथा सदस्यहरूमा धामराज पोखरेल, मुकेश पण्डित, रोशनप्रसाद जयसवाल, अजयकुमार साह, सोहनकुमार झा र दिलीप महतो चयन भएका छन्।

संघको नयाँ नेतृत्व चयनको लागि अधिवक्ता रंजितकुमार पाण्डेको संयोजकत्वमा निर्वाचन कमिटी गठन भएको थियो।
 

ad
ad