१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सातामा ५ प्रतिशतले बढ्यो नेप्से सूचक, कारोबार रकम दोब्बरले वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:१३:oo

अघिल्लो साता नेप्से सूचक ५ प्रतिशतले वृद्धि भएको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक एक सय ११ दशमलव ८० अंक अर्थात् चार दशमलव ९९ प्रतिशतले बढेर दुई हजार तीन सय ५० दशमलव ४२ बिन्दुमा बजार बन्द भएको छ । अघिल्लो हप्ता नेप्से परिसूचक दुई हजार दुई सय ३८ दशमलव ६२ बिन्दुमा बन्द भएको थियो । अघिल्लो हप्ता नेप्से परिसूचक करिब ५ प्रतिशतले घटेको थियो ।

साताभरिमा नेप्से परिसूचकले दुई हजार दुई सय चार दशमलव ४७ को सबैभन्दा न्यूनतम बिन्दुबाट दुई हजार तीन सय ८८ दशमलव ४९ को उच्चतम बिन्दुसम्म पुगेको थियो । जसमा नेप्सेमा एक सय ८४ दशमलव शून्य दुई अंकसम्मको अस्थिरता बजारमा देखापरेको थियो । लगानीकर्ताले चुनावको समयमा बैंकमा निक्षेप बढ्न सक्ने र बजार उकालो लाग्ने अनुमानमा लगानी बढाएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचनका कारण बैंकिङ प्रणालीमा अनौपचारिक क्षेत्रको पैसा भित्रिने अपेक्षामा निक्षेपको ब्याजदर नबढाएपछि सेयर लगानीकर्ता पनि आशावादी बन्दै जाँदा बजार लयमा फर्किने प्रयासमा देखिएको हो । 

साताको अन्तिम दिन घटेको बजारले भने बजारको स्पष्ट दिशा समाउन नसकेको देखिन्छ । प्यानिक सेलिङ बढेको छ भने बजार प्रवेश गर्नका लागि लगानीकर्ता अझै पनि आँट गर्न सकेका छैनन् । चुनावमा सेयर बढ्ने अपेक्षा राखेका लगानीकर्ता निराश बन्न पुगे, जसले लगानीकर्ता खुलेर बजार प्रवेश गर्न डराएको देखिन्छ । 

अघिल्लो साताको कारोबारको तुलनामा गएको साता कारोबार रकम करिब दोब्बरले बढेको छ । अघिल्लो हप्ता चार अर्ब ३४ करोड रुपैयाँको कारोबार भएकोमा गएको साता आठ अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार पाँच दिनमा औसत कारोबार एक अर्ब ७१ करोड रुपैयाँको हुँदै आएको छ । अहिलेको बजार पुँजीकरण तीन अर्ब ३४ करोड ५३ लाख ५६ हजार ९७ रुपैयाँ रहेको छ ।

साताभरि कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये फाइनान्स समूहको सूचक १० दशमलव ८६ प्रतिशतले बढेको छ भने दोस्रो धेरै बढ्ने समूह जलविद्युत् समूह भएको छ । यसको सूचक १० दशमलव २७ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूहको सूचक ६ दशमलव ६१ प्रतिशतले बढेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गएको हप्ता ६१ प्रतिशत नाफा आर्जन गरेका छन् । अघिल्लो साता संस्थाको प्रतिसेयर मूल्य एक हजार पाँच सय २० रुपैयाँ ६० पैसा रहेकोमा गएको साता नौ सय २८ रुपैयाँले बढ्दै संस्थाको प्रतिसेयर मूल्य दुई हजार चार सय ४८ रुपैयाँ ६० पैसा पुगेको छ ।

वरुण हाइड्रोपावर, राधी जलविद्युत् कम्पनी, नेपाल हाइड्रोपावरले २६ प्रतिशतदेखि २९ प्रतिशतले बढेको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । प्राइम लाइफ इन्स्योरेन्स एसियन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) कम्पनीको ३ प्रतिशतदेखि ५ प्रतिशतभन्दा बढीले नोक्सान व्यहोरेको छ । 

ad
ad