१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

गुल्मीको धुर्कोटमा दोस्रो कार्यकालका लागि माओवादीका पोख्रेल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:o२:oo

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा भुपाल पोख्रेल दोस्रो कार्यकालका लागि विजयी भएका छन्। उपाध्यक्षमा सीता गिरी विजयी भएकी छिन्। एमाले–माओवादी गठबन्धनबाट माओवादीका पोख्रेल प्रमुख र एमालेबाट गिरी उपाध्यक्ष भएका हुन्। पोख्रेलले कांग्रेस–समाजवादी गठबन्धनको तर्फबाट कांग्रेसका महेन्द्रप्रसाद भण्डारीलाई एक हजार आठ सय २८ मतान्तरले पराजित गरेका छन्। पोख्रेलको छ हजार ८९ र भण्डारीको चार हजार दुई सय ६१ मत रहेको छ।

उपप्रमुखमा एमाले–माओवादी गठबन्धनबाट एमालेकी सीता गिरीले कांग्रेस–समाजवादी गठबन्धनबाट एकीकृत समाजवादीका चन्द्र सुनारलाई दुई हजार पाँच सय १३ मतान्तरले पराजित गरिन्। गिरीको छ हजार एक र सुनारको तीन हजार चार सय ८८ मत रहेको छ। 

त्यस्तै एमाले–माओवादी गठबन्धनबाट वडा नं १ मा चेतमान कुँवर, वडा नं २ मा बाबुराम खड्का, वडा नं ४ वीरबहादुर कुँवर जोगी, वडा नं ५ मा केशव भण्डारी, वडा नं ६ मा कृष्ण नेपाली र वडा नं ७ मा लिलप्रसाद खनाल विजयी भएका छन्। कांग्रेस–समाजवादी गठबन्धनबाट वडा नं ३ मा पदमबहादुर बिष्ट विजयी भएका छन्। 
 

ad
ad