१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हुम्लाका सात पालिकामा गठबन्धन विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

हुम्लाका सात गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।   ताजाँकोट,चंखेली, सिमकोट र नाम्खा गाउँपालिका माओवादी केन्द्रका उम्मेदवारले अध्यक्षमा जित निकालेका छन् भन् उपाध्यक्षमा कांग्रेसले जितेको छ।

अदानचुली, सर्केगाड, खार्पुनाथ गाउँपालिका कांग्रेसका उम्मेदवारले अध्यक्ष र उपाध्यक्षमा माओवादीले जित निकालेको छ। ताजाँकोट गाउँपालिकामा माओवादी केन्द्रका लालकेश जैशी १,८१० मत ल्याए विजयी भएका छन् । उनका निकटतम् प्रतिदन्द्वी रहेका एमालेका अजमल बुढाले ९९५ मत पाएका छन।

कांग्रेसका उपाध्यक्ष सुरेन्द्र थापा १,३९० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी रूचन्दा ऐडी ४७७ मतले पराजित भइन् । यस्तै, खार्पुनाथ गाउँपालिका अध्यक्ष कांग्रेसका कर्णबहादुर रावल १,८१० मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी प्रकाशबहादुर शाहीले १,१९५ मत ल्याएर पराजित भएका छन्।

उपाध्यक्ष माओवादी केन्द्रका ज्ञानबहादुर सिहंले १,८७१ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी  एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याएका छन्। यस्तैगरी  नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

अध्यक्षमा माओवादीका प्रेमबहादुर लामा विजयी भएका छन्। लामाले १,४६६ मत ल्याए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याए। यस्तै, उपाध्यक्षमा कांग्रेसका तक्दिर लामा विजयी भएका छन्। उनले १,०९४ मत ल्याए। उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ५६५ मत ल्याए भने एमालेका नूरजङ तामाङले ४८२ मत ल्याए।