१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १३:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुईको मृत्यु, १४ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १३:२३:oo

सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ भने १४ जना  घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरूलाई करेन्ट लागेको हो ।

गाडीको छतमा झन्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई बिजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आएको छैन । रागेचौर प्रहरीका अनुसार छतमा बसेकाहरूले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन ।

ad
ad