१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसको अग्रता, एमाले पछिपछि

Read Time : > 2 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:o५:oo

आइतबार राति १ बजेसम्मको नतिजाअनुसार कांग्रेसको २७४, एमालेको १७५ र माओवादीको १०१ पालिकामा अग्रता

स्थानीय तह निर्वाचनको आइतबार मध्यरातिसम्मको मतपरिणाममा कांग्रेसले अग्रता कायमै राखेको छ । ०७४ को निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बनेको एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । त्यस्तै, तेस्रोमा माओवादी छ । 

आइतबार मध्यरातिसम्म अन्तिम नतिजा आइसकेका ५६ स्थानीय तहहरूमध्ये कांग्रेस र एमाले बराबरी प्रमुख जितेका छन् । कांग्रेस र एमालेले १९÷१९ र माओवादीले १६ स्थानीय तहको प्रमुखमा जित हात पारेका छन् । त्यस्तै, एकीकृत समाजवादी दुई पालिकाको प्रमुखमा विजयी भएको छ । उपप्रमुखतर्फ भने कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो ‘पोजिसन’मा छन् । एक तहको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

मतगणना जारी रहेका करिब साढे ६ सय पालिकाको प्रारम्भिक नतिजामा कांग्रेस सबैभन्दा अगाडि छ । आइतबार मध्यरातिसम्म उसले २७४ पालिकामा अग्रता लिएको छ । एमालेले १७५ र माओवादीले १०१ पालिकामा अग्रता लिएका छन् । त्यस्तै, एकीकृत समाजवादी १६, जसपा २८ र लोसपा ११ पालिकामा अगाडि छन् । 

तमानखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसका विजयी
बाग्लुङको तमानखोला गाउँपालिकामा कांग्रेसका जोकलाल बुढामगर अध्यक्ष र हिराकुमारी छन्त्याल उपाध्यक्षमा विजयी भएका छन् । गठबन्धन नभएको यो पालिकामा बुढामगरले दुई हजार सात सय सात मत ल्याएर जितेका हुन् । छन्त्यालले दुई हजार सात सय ६८ मत ल्याएकी छिन् । उनीहरूका प्रतिद्वन्द्वी क्रमशः माओवादीका देवबहादुर पुनले एक हजार नौ सय ९५ र निसु रसाइलीले एक हजार नौ सय ५८ मत ल्याएका छन् । 

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै एमालेका विजयी
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्षमा मिङ्माछिरी शेर्पा र उपाध्यक्षमा टासी ल्हाम शेर्पा विजयी भएका छन् । उनीहरू दुवै एमालेका हुन् । मिङ्माले दुई हजार २८ र टासीले दुई हजार २३ मतसहित जित हासिल गरेका हुन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी क्रमशः कांग्रेसका चुङ्बा शेर्पाले एक हजार ६ सय नौ र निर्मला थापामगरले एक हजार ६ सय ८२ मत ल्याएका छन् । 

नौमूले गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्ष एकीकृत समाजवादीलाई
दैलेखको नौमूले गाउँपालिकाको अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी भएका छन् । सुवेदीले तीन हजार दुई सय मत ल्याएर कांग्रेसका भदे बुढामगरलाई हराएका हुन् । मगरले दुई हजार पाँच सय ४४ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा एकीकृत समाजवादीका गगनबहादुर शाही दुई हजार आठ सय ३४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसकी अमृता सिंहले दुई हजार चार सय पाँच मत ल्याएकी छिन् । यहाँ माओवादी र समाजवादीले गठबन्धन गरेका थिए ।

जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले जित निकालेका छन् । अध्यक्षमा अरुणादेवी राईले दुई हजार आठ  सय ८१ र उपाध्यक्षमा खेमबहादुर खड्काले दुई हजार आठ सय पाँच मत ल्याएका हुन् । दुवै पदमा एमाले उम्मेदवार प्रतिद्वन्द्वी थिए । यहाँ माओवादी र कांग्रेसको गठबन्धन थियो । 

कुमाख गाउँपालिकामा अध्यक्ष कांग्रेसको, उपाध्यक्ष एमालेको विजयी
सल्यानको कुमाख गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेका छन् । कांग्रेसका मानबहादुर बुढाथोकी चार हजार ५८ मतसहित अध्यक्षमा विजयी भएका हुन् । त्यस्तै, उपाध्यक्षमा एमालेका लालबहादुर रावत चार हजार एक सय ४३ मत ल्याएर विजयी भएका हुन् । माओवादीको पकड रहेको कुमाखमा कांग्रेस र एमालेले गठबन्धन गरेर चुनाव लडेका हुन् । 

५६ पालिकाको नतिजा आउँदा तीन मात्रै महिला प्रमुख

आइतबार रातिसम्म नतिजा आएका ५६ मध्ये तीन स्थानीय तहको प्रमुखमा मात्रै महिला निर्वाचित भएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा मीना कार्की, दैलेखको भैरवी गाउँपालिकामा रीताकुमारी शाही र खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा अरुणादेवी राई निर्वाचित भएका छन् । कार्की र शाही कांग्रेसबाट तथा राई माओवादीबाट निर्वाचित भएका हुन् । 

१६ पालिका प्रमुख जो दोहोरिए

०७४ को निर्वाचनबाट स्थानीय तहको प्रमुखमा विजयी भएका १६ जना यसपटक पनि दोहोरिएका छन् । ५६ स्थानीय तहको नतिजा आउँदासम्म मनाङको ङिस्याङ गाउँपालिकामा कान्छा घले, बाग्लुङको तमानखोला गाउँपालिकामा जोकलाल बुढा, डोल्पाको जगदुल्ला गाउँपालिकामा नारसिंह रोकाय, काइके गाउँपालिकामा अंगदकुमार राना र डोल्पाकै छार्का साङतोङ गाउँपालिकामा सेनाङ गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, बैतडीको पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकामा कर्णसिंह साउद, पाल्पाको पूर्वखोला गाउँपालिकामा नुनबहादुर थापा, हुम्लाको खार्पुनाथ गाउँपालिकामा कर्णबहादुर रावल, बाग्लुङको तमानखोला गाउँपालिकामा जोकलाल बुढा, सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका असिम राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा मेजर राई, दार्चुलाको मार्मा गाउँपालिकामा जमनसिंह धामी, तेह्रथुमको छथर गाउँपालिकामा सन्तवीर लिम्बू, बाग्लुङको गल्कोट नगरपालिकामा भरत शर्मा र भोजपुरको आमचोक गाउँपालिकामा अशोक राई पनि अध्यक्षमा दोहोरिएका छन् । 

ad
ad