१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार २१:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्साहपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार २१:३२:००

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै देउवाले मतदाताले उत्साहपूर्ण ढंगले सक्रिय सहभागिता जनाउनुले राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको उल्लेख गरे ।

 प्रधानमन्त्री देउवाले शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । मतदान कार्यमा अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल र पत्रकारलाई प्रधानमन्त्रीले धन्यवाद दिएका छन् । 

 

 

Please wait while image is uploading...