मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ बैशाख ३० शुक्रबार १५:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमन्त्रीत्रय मगर, साउद र लेखकले मतदान गरे 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ बैशाख ३० शुक्रबार १५:३७:००

कञ्चनपुरमा पनि शीर्ष नेता एवं पूर्वमन्त्रीहरूले मतदान गरेका छन् । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य पूर्वखानेपानीमन्त्री बिना मगर, नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं पूर्वसिँचाइमन्त्री एनपी साउद र कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वभौतिक पूर्वाधारमन्त्री रमेश लेखकले मतदान गरेका छन् । 

प्रतिनिधिसभा सदस्यसमेत रहेकी पूर्वमन्त्री मगरले पुनर्वास नगरपालिका ३ गोरख आधारभूत विद्यालय रामवस्तीमा मतदान गरेकी छिन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमन्त्री एनपी साउदले शुक्लाफाँटा नगरपालिका ६ बैजनाथ मावि कसरौल र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बेदकोट नगरपालिका ८ गैलनदीको बैजनाथ माविको मतदान केन्द्रमा मतदान गरेका छन् ।