१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ २ बुधबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

रामेछापका विभिन्न स्थानमा ११ राउन्ड हवाई फायर, चार केन्द्रमा मतदान स्थगित

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:o८:oo

जिल्लाको खाँडादेवी गाउँपालिका– १ राकाथुम मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रण लिन सात राउन्ड हवाई फायर गरेको छ। अहिले उक्त मतदान केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए। 

त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाको मानपुर मावि मतदान केन्द्रमा पनि दुईपक्षीय झडप हुँदा प्रहरीले स्थिति नियन्त्रण लिन एक राउन्ड हवाई फायर गरेको छ। सो मतदान केन्द्रमा पनि अहिले मतदान प्रक्रिया स्थगित भएको छ। 

त्यस्तै मन्थली नगरपालिका– १२ गेलुको सिक्राल मतदानस्थलमा पनि झडप हुँदा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ। अहिले उक्त मतदान केन्द्रमा पनि मतदान प्रक्रिया स्थगित भएको छ। त्यसैगरी खाँडादेवी गाउँपालिका– ५ पकरवास मतदान केन्द्रमा मतदाताको नाम नमिलेको भन्दै विवाद हुँदा अहिले उक्त केन्द्रको मतदान प्रक्रिया पनि स्थगित भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। 
 
 

ad
ad