१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका सर्वोच्च अदालत
२o८१ बैशाख २५ मंगलबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जेठ १ बाट सर्वोच्च अदालत पनि सातामा पाँच दिन मात्र खुल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सर्वोच्च अदालत
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:१४:oo

 जेठ १ गतेबाट सर्वोच्च अदालत पनि सातामा पाँच दिन मात्र खुल्ने भएको छ । सर्वोच्चले  जेठ १ बाट शनिबार र आइतबार गरी दुईदिने बिदा दिने सरकारको निर्णय कार्यान्वयनका लागि  यस्तो व्यवस्था लागू गर्ने भएको हो । सर्वोच्च प्रशासनले सरकारको निर्णयअनुसार बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म कार्यालय समय कायम हुने जनाएको छ। 

वैशाख २६ मा सरकारको निर्णय राजपत्रमा प्रकाशित भएसँगै सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा गएको हो। सरकारले परीक्षणका रूपमा जेठ १ बाट बिदा लागू गर्ने निर्णय गरेको थियो।सरकारले सोमबार राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कायम गरिएको छ ।

इन्धन खपत घटाउन भन्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेको हो । बिदा थप्दा सरकारी तवरबाट हुने इन्धन खर्च घट्ने र त्यसबापत बाहिरिने विदेशी मुद्रा जोगिने सरकारको तर्क छ ।

ad
ad