Skip This
इजरायली सेनाको आक्रमणमा परी अलजजिराकी पत्रकारको मृत्यु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २८ बुधबार १६:३५:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायली सेनाको आक्रमणमा परी अलजजिराकी पत्रकारको मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका एजेन्सी
२o७९ बैशाख २८ बुधबार १६:३५:oo

इजरायली सेनाको आक्रमणमा परी एक पत्रकारको ज्यान गएको छ । अलजजिरामा आबद्ध ५१ वर्षीया प्यालेस्टिनी–अमेरिकी पत्रकार सिरिन अबु अक्लेहको इजरायली आक्रमणमा परी बुधबार बिहान मृत्यु भएको हो । घटनामा अलजजिराकै अर्का पत्रकार अली समौदी पनि गोली लागी घाइते भएका बताइएको छ । 

‘हामी इजरायली सेनाको आक्रमणको दृश्य खिच्नका लागि जाँदै थियौँ । उनीहरूले अकस्मात्, दृश्य नखिच्न तथा त्यहाँबाट बाहिर निस्कन नभनीकन हामीलाई गोली हाने । पहिलो गोली मलाई र दोस्रो गोली सिरिनलाई लाग्यो,’  घाइते अवस्थामा रहेका अलीलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ । 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले शरणार्थी शिविरमा छापा मार्दै गर्दा त्यसको लाइभ रिपोर्टिङ गर्ने क्रममा अक्लेहको टाउकोमा गोली लागेको थियो । मन्त्रालयका अनुसार निकै नाजुक अवस्थामा अस्पताल लगिएकी उनलाई केही समयपछि मृत घोषित गरिएको थियो । इजरायली सेनाले सुनियोजित रूपमा अक्लेहमाथि गोली हानेको अलजजिराले बताएको छ । इजरायली सेनाले भने अलजजिराको दाबीलाई अस्वीकार गरेको छ । 

इजरायलका प्रधानमनत्रीले दुवैतर्फबाट गोली हानाहान हुँदा प्यालेस्टिनी सशस्त्र समूहले चलाएको गोली उनीहरूलाई लागेको हुन सक्ने प्रतिक्रिया दिएका छन् । त्यसैगरी प्यालेस्टानी राष्ट्रपतिले घटनालाई ‘मृत्युदण्डको अपराध’ भन्दै सो घटनाको जिम्मेवारी इजरायली सरकारले लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।इजरायली सेनाले ‘शंकास्पद आतंकवादीहरू’लाई पक्राउ गर्नका लागि आफूहरूले वेस्ट ब्यांक क्षेत्रमा रहेको जेनिन शरणार्थी शिविरमा छापा मारेको बताएको छ । 

‘अन्तर्राष्ट्रिय कानुन तथा मूल्यहरूको उल्लंघन गर्दै इजरायली सेनाले प्यालेस्टाइनमा रहेर पत्रकारिता गरिरहेकी अलजजिराकी पत्रकार सिरिन अबु अक्लेहको निर्मम हत्या गरेको छ । अक्लेहले आफ्नो काम गर्ने क्रममा प्रस्ट  रूपमा चिनिने गरी प्रेसको ज्याकेट लगाएकी थिइन्,’ अलजजिराले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ । अबु अक्लेह पछिल्ला वर्षहरूमा नियमित रूपमा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे रिपोर्टिङ गर्ने एक प्रसिद्ध महिला पत्रकार थिइन् ।