मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २८ बुधबार ०८:१३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भुवन र सुवास संयुक्त रूपमा शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २८ बुधबार ०८:१३:००

भुवन नगरकोटी र एमेच्योर खेलाडी सुवास तामाङ सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन मंगलबार संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । गोकर्ण गल्फ कोर्समा भुवन र सुवासले समान १२ अन्डर एक सय ३२ को स्कोर गरे । सोमबार सुवासले शुक्रबहादुर राईमाथि नै एक स्ट्रोकको अग्रता लिएका थिए । १५ वर्षीया एमेच्योर खेलाडी सद्भव आचार्य र रमेश अधिकारी संयुक्त रूपमा तेस्रो स्थानमा छन् । दुवै खेलाडीले सात अन्डर एक सय ३७ को स्कोर गरे । यसैगरी, रवि खड्का र शुक्रबहादुर राई पाँचौँ स्थानमा छन् । रवि र शुक्रबहादुरले ६ अन्डर एक सय ३८ स्कोर गरे । 

दिनेश प्रजापति सातौँ स्थानमा छन् । उनीहरूले एक ओभर ७३ स्कोर गरे । कमल तामाङ दुई अन्डर एक सय ४२ का साथ आठौँ स्थानमा छन् । रामे मगर नवौँ स्थानमा छन् । उनले एक अन्डर एक सय ४३ स्कोर गरे । जयराम श्रेष्ठ र धनबहादुर थापा संयुक्त रूपमा दशौँ स्थानमा छन् । दुवै खेलाडीले इभन पार खेल्दै एक सय ४४ स्कोर गरे । भुवनकुमार रोक्का र एमेच्योर खेलाडी टासी छिरिङ १२औँ स्थानमा रहँदा एक ओभर एक सय ४५ स्कोर गरे । 

भुवनले फ्री राउन्डमा बोगीकासाथ आठ अन्डर ६४ स्कोर गरेका थिए । उनले तेस्रो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डिज निकाली फ्रन्ट नाइनमा पाँच अन्डर ३१ को स्कोर गर्न सफल रहे । ब्याक नाइनमा उनले ११, १२ र १५औँ होलमा बर्डिज प्राप्त गरी तीन अन्डर ३३ को स्कोर गरे । शीर्ष स्थानमा रहेका सुवासले फ्रन्ट नाइनमा दुई अन्डर ३४ स्कोर गरेका थिए । उनले तेस्रो, चौथो र सातौँ हालमा बर्डिज निकाले । यसैगरी, ब्याक नाइनमा सुवासले दुई अन्डर ३४ को स्कोर गर्दा ११ र १४औँ होलमा बर्डिज खेले । रमेशले फ्रन्ट नाइनमा दुई अन्डर ३४ र ब्याक नाइनमा तीन अन्डर ३३ को स्कोर गरे । समग्रमा उनले चार बर्डिज खेले ।

एमेच्योर खेलाडी सद्भवले फ्रन्ट नाइनमा दुई अन्डर ३४ स्कोर गरेका थिए । उनले पहिलो, तेस्रो तथा चौथो होलमा बर्डिज निकाल्न सफल भए । १६औँ होलमा उनले बोगी सामना गरे । शुक्रबहादुरले फ्रन्ट नाइनमा एक अन्डर ३५ तथा ब्याक नाइनमा दुई ओभर ३८ स्कोर गरे । कृष्ण राजवहाक, बलभद्र राई, राजेन्द्र थापामगर, शिवराम पौडेल, विजय श्रेष्ठ तथा महेन्द्र फगामीले एक सय ५१ स्कोर गरे । प्रतियोगिताको विजयी खेलाडीले एक लाख ३५ हजार तथा दोस्रो हुने खेलाडीले ८८ हजार पाउनेछन् । तेस्रो स्थानमा रहेका खेलाडीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।