१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३७:oo

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द हुने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द हुने भएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले सोमबार सूचना जारी गर्दै मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द हुने जानकारी दिएका हुन्। 

स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्य स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घन्टाअगाडि नाका बन्द गर्न लागिएको उनको भनाइ छ। निर्वाचनलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्थासमेत कडा पारिएको बताइएको छ। स्थानीय तहको निर्वाचनमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र पारिएको छ।